नवलपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

नवलपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै



रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुर लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । यस क्षेत्रबाट भारी मात्रामा लागू औषधको ओसारपसार बढको होे ।
पछिल्लो समय प्रहरीले चेकिङ्ग बढाएपछि त्यस्ता कारोबारी तथा ओसारपसार गर्नेहरू दिनहुँ समातिन थालेका छन् । सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको थियो भने मंगलबार ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विकास भण्डारीका अनुसार उनीहरूले जिउमा प्लाष्टिकको टेप बेरेर ढाड, छातीमा पेशेवर शैलीमा लुकाएर ल्याएका थिए ।
प्रारम्भिक अनुसन्धानमा उनीहरू आफै लागूऔषधको सेवनकर्ता रहेको स्वीकारेको पाइएको उनले बताए । भण्डारीका अनुसार लागूऔषध सेवनकर्ता हो मात्र भनेर प्राम्भिक सोधपुछको क्रममा स्वीकारे पनि बरामद भएको परिणाम र उनीहरूले लुकाएर ल्याएको तरिका हेर्दा उनीहरू कारोबारीसमेत रहेको सजिलै अनुमान गर्न सकिन्छ ।
नवलपुर प्रहरीले चोरमारा र डण्डाको बीच जगलमा पर्ने चालिस किलोमिटर भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । दुई दिनको अवधिमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरू पछिल्लो समय मोटरसाइकलमा आउँदा समातिने क्रम बढेपछि प्रहरीको आँखा छल्न बसको यात्रु बनेर लागूऔषध ओसार पसार गर्ने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोट, इलाका प्रहरी कार्यालय दुम्किबास र कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले आलोपालो गरेर नियमित रूपमा सडक चेकिङ्ग बढाएको कारण उनीहरू उम्किन नपाएको भण्डारीले बताए । भण्डारीले पछिल्लो दुई दिनमा पक्राउ परेको क्रमलाई हेर्दा भारतबाट नवलपरासी र रूपन्देहीको खुल्ला सीमानाबाट नेपाल भिœयाइएका लागूऔषध नवलपरासीबाट नवलपुर हुँदै चितवन, काठमाडौं र पोखरा लैजान यो बाटोलाई प्रयोग गर्ने गरेको पाइएको छ ।प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा लागूऔषध पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार मात्र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ स्थित चालिस किलोमिटर भन्ने ठाउँबाट ३ जनालाई पक्राउ गरेको हो भने सोमबार एक जनालाई पक्राउ गरिएको हो । उनीहरू सबै बसका यात्रु भएर आउने क्रममा शंका लागेपछि चेकिङ्ग गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद भएको हो । मंगलबार प्रहरीले लु १ ख ९३ ९१ नम्बरको बसबाट लम्जुङ बेसीसहर २ निवासी २६ वर्षीय जीवन धिताललाई पक्राउ गरेको हो ।
धितालको साथबाट प्रहरीले डाइजापाम (सेरिजेक) १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र नुफिन १ सय एम्पुल पनि बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ख ९१ ४७ नम्बरको बसबा सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका गर्दी घर भई हाल काठमाडौं चाबेल बस्दै आएका १७ बर्षीय सुरेस लामा, मोरङ गोविन्दपुर गाउँपालिका ७ निवासी २० वर्षीय आकाश राई र दार्जिलिङ घर भई हाल काठमाडौं बौद्ध बस्दै आएका २३ वर्षीय मनोज लामालाई पक्राउ गरेको छ । लामो समूहमा आएकामध्ये सरेस लामोको शरीरबाट नाइट्राभ्याट ८० पत्तामा १५ ट्याब्लेटका दरले १ हजार २ सय ट्याब्लेट बरामद गरेको जनाइएको छ ।
त्यस्तै सोमबार प्रहरीले सोही ठाउँबाट दोलखा देउराली बस्ने १७ वर्षका सुनिल लामालाई लागू औषधसहित पक्राउ गरेका थिए ।
बसमा सवार रहेका लामाको साथबाट प्रहरीले फेनारगन १५ एम्पुल, नुफ्रिन १५ एम्पुल र डाईजोपाम सेरिजम १५ एम्पुल बरामद गरेको थियो ।