२०७५ साउन १, मङ्लबार

अपाङगता परिचय पत्र नपाउँदा समस्या

October 27, 2017
360 Views
Spread the love

नवलपरासी: प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजन भएको नवलपरासीमा अपांगता भएका पचास प्रतिशतभन्दा बढी व्यक्ति परिचयपत्र पाउनबाट वन्चित रहेका छन् ।

बर्दघाट सुस्ता पूर्व क्षेत्र र बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा विभाजन भएको जिल्लामा करिब १२ हजार अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । पाँच हजार ५०० जनाले मात्र अपांगता परिचयपत्र पाएका छन् ।

परिचयपत्र बनाउने कार्यालय टाढा हुनु, नागरिकता नहुनुलगायतका समस्याका कारण धेरै व्यक्ति अपांगता परिचयपत्र पाउनबाट वन्चित रहेका महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुर्इंटेलले जानकारी दिए ।

अपांगता भएका व्यक्तिले संविधानमा व्यवस्थाअनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै यसलाई पूर्णरुपले कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा आरक्षित सिट उपलब्ध गराउनुपर्ने, भाडामा सहुलियत दिनुपर्ने, शिक्षक, कर्मचारी कोटामा समावेशितालगायतका माग गरेका छन् ।

“अपांगता भएका व्यक्तिलाई विभिन्न सेवा सुविधा दिन बेवास्ता गरिँदै आएको छ,” मधेशी अपांग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गरे । अपांगता भएका व्यक्ति अधिकांश सेवा सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ ।

अपांगता भएका व्यक्तिलाई परिचयपत्र, शिक्षा, रोजगारी, सिपमूलक तालीम र सबै क्षेत्रमा समावेशी गराउनुपर्ने पत्रकार महासंघका सदस्य रवीन्द्र यादव बताउँछन् । जिल्लाका अपांगता भएका व्यक्तिलाई क, ख, ग र घ वर्ग गरी परिचयपत्र वितरण गरिएको छ ।

कार्यालय प्रमुख लुर्इँटेलकाअनुसार अपांगता भएका विद्यार्थीलाई शिक्षा, खानबस्नको व्यवस्था समेत मिलाइँदै आइएको छ । उनीहरुलाई अपांग परिचयपत्र, ह्बीलचेयर, वैशाखी, अपांग भत्तालगायत सेवा प्रदान गर्दै आएको उनले बताए ।

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares27 views
अष्ट्रेलिया
0 shares27 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…