यस्ता छन नवलपरासीका उम्मेद्वार - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

यस्ता छन नवलपरासीका उम्मेद्वार



नवलपरासी : नवलपरासीमा उम्मेदवारहरु हर्साेउल्लासका साथ मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरु जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफनो समर्थक र गाजाबाजाका साथ मनोनयन पत्र दर्ता गराएका हुन् । प्रतिनिधि सभा १ को लागि नेपाली कांग्रेसबाट पुर्व सांसद देवकरण कलवारको उम्मेदवारी दर्ता भएको छ भने सो क्षेत्रको प्रदेश सभा (क) बाट कांग्रेसबाट पुर्व सांसद विक्रम खनाल र प्रदेश सभा (ख) बाट मुकुल आचार्यको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कांग्रेसबाट प्रतिनिधि सभा २ का लागि पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रदेश सभा (क) बाट गुणनिधि तिवारी र प्रदेश सभा (ख) बाट बैजनाथ जयसवालको उम्मेदवारी छ ।

त्यसैगरि प्रतिनिधि सभा १ का लागि बाम गठबन्धनबाट स्वतन्त्र राजनितिक समुहका नेता ह्देश त्रिपाठीले मनोनय दर्ता गराएका छन् भने सो क्षेत्रको प्रदेश सभा (क) बाट गठबन्धनका दिपेन्द्र अधिकारी र प्रदेश सभा (ख) बाट अजय शाहीले मनोनय दर्ता गराएका छन् । प्रतिनिधि सभा २ का लागि बाम गठबन्धन घनश्याम यादवको मनोनयन दर्ता गराएका हुन् । सो क्षेत्रको प्रदेश सभा (क) बाट पुर्व सांसद बैजनाथ चौधरी र प्रदेश सभा (ख) बाट कन्हैया कोहारको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै राजपाबाट प्रतितिधि सभा १ का लागि कसैको उम्मेदवारी परेको छैन । प्रतिनिधि सभा १ को प्रदेश (क) बाट गुलाब चौधरी, प्रदेश (ख) बाट अशरफ मिँयाको उम्मेदवारी परेको छ भने प्रतिनिधि सभा २ का लागि राजपाबाट गोविन्द्र चौधरीको उम्मेदवारी भएको छ । यस क्षेत्रको प्रदेश (क) बाट सतरजित यादव र प्रदेश ख बाट नगेन्द्र अग्रहरीको उम्मेदवारी परेको छ । त्यस्तै संघिय समाजवादी फोरम नेपालबाट प्रतिनिधि सभा १ का लागि नरेन्द्र गिरीको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रदेश (क) बाट जग्गन सहानी र प्रदेश (ख) बाट गंगाराम चौधरीको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रतिनिधि सभा २ का लागि विरेन्द्र चौधरीको उम्मेदवारी भएको छ । यस क्षेत्रको प्रदेश (क) बाट मुन्नालाल गुप्ता र प्रदेश (ख) बाट रामबचन यादवको उम्मेदवारी छ । त्यस्तै नयाँ शक्तिबाट प्रतिनिधि सभा १ का लागि बाबुराम हरिजन र सो क्षेत्रको प्रदेश (क) बाट यम बहादुर थापा र प्रदेश सभा (ख) बाट अशोक कुर्मीको उम्मेदवारी परेको छ । त्यस्तै प्रतिनिधि सभा २ का लागि चिनक कुर्मीको उम्मेदवारी परेको छ भने प्रदेश सभा (क) बाट राजेन्द्र रसाई र प्रदेश सभा (ख) बाट रोहित सहानीको उम्मेदवारी परेको छ ।