नवलपरासीमा १३ जना डेंगुका बिरामी भेटिए - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

नवलपरासीमा १३ जना डेंगुका बिरामी भेटिए



नवलपरासी । नवलपरासीमा १३ जनामा डेंगुका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षमा नवलपरासीको गैडाकोट, देवचुली, कावासोती, बर्दघाट र सुनवल नगरपालिकामा गरी १३ जना डेंगुका विरामी भिटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका डेंगु फोकल पर्शन गौरीशंकर प्रसादले बताए ।

नवलपरासीमा सन् २०१० मा ३८ जना डेंगुका बिरामी भेटिएका र त्यस पछिका वर्षहरुमा पनि सोहि संख्याको हाराहारीमा डेंगुका बिरामीहरु भेटिएको जिल्ला स्वास्थय कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्लाको गंैडाकोट नगरपालिका सबै भन्दा बढी प्रभावित क्षेत्र रहेको कार्यालयले जनाएको छ । डेंगुका बिरामी अन्यठाउमा पनि बढन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले अहिले डेंगु प्रभावित स्थानीय तहमा जनप्रतिनिधिहरुलाई डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महत्तोले बताए ।

प्रतिनिधिहरु मार्फत टोल टोलमा डेंगु रोग नियन्त्रणको सन्देश पुर्याउन सजिलो हुने भएकाले जनप्रतिनिधिहरुलाई अभिमुखीकरणको कार्यक्रम गरीएको उहा“ले बताए ।