नवगायक टीका पौडेल लोक दोहोरी गीत “भैंसी पालम्ला ”बाटै चर्चामा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नवगायक टीका पौडेल लोक दोहोरी गीत “भैंसी पालम्ला ”बाटै चर्चामा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली लोक दोहोरीको क्षेत्रमा गायनमा उत्रिएका टीका पौडेलको स्वरमा रहेको पहिलो लोक दोहोरी गीत भैंसी पालम्ला बाटै चर्चामा आएका छन् । उनी स्कुले जीवनदेखि नै गायनमा सक्रिए थिए । त्यो सक्रियतालाई उनले आज संम्म निरन्तरता दिए । सोही निरन्तरताको प्रतिफल भैंसी पालम्ला हो भन्छन्, यी गायक । गुल्मीको भुरतुंक, छापचौर मा जन्मिएका पौडेलको स्वरमा रहेको यो पहिलो गीत हो तर स्टेजका कार्यक्रममा भने उनी निकै व्यस्त देखिन्छन ।

सार्वजनिक गीत “भैंसी पालम्ला” मा पौडेललाई चर्चित गायिका देवी घर्ती मगरले स्वरमा साथ दियकी छन् भने शब्द सङ्गीत उनै टीका पौडेलको नै रहेको छ । पछिल्लो समय गाउँ घर छोडेर सहर पस्नेहरुको लर्को नै लागेको देखिन्छ तर सहरमा आफूले भने जस्तो नहुदा भोग्नु परेको पिडाले गर्दा बरु गाउँमै फर्केर बाख्रा, भैंसी कृषि गरुम्ला सहरमा त अाफन्ती पनि टाढा हुँदा रैछन जस्ता यथार्थ कथा बस्तुलाई गीतमा समेटिएको छ ।

यस्तै गीतको भिडिय‍मा मोडल महेन्द्र गौतम र रन्जिता गुरुङको मुन छुने अभिनय देख्न सकिन्छ भिडिय‍ोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायाकनमा अनुप सिवाकोटिको भिडियो सम्पादन रहेको छ । टीका सुबेदी र टीका पौडेलको प्रस्तुतिमा रहेको गीतलाई वरदान डिजिटल को YOUTUBE बाट सार्वजनिक गरिएको हो भने गीतलाई टी एंड टी मिडिया प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।