रुपन्देहीको तिलोत्तमामा प्रदेशमौ पहिलो नाटकघर बन्दै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

रुपन्देहीको तिलोत्तमामा प्रदेशमौ पहिलो नाटकघर बन्दै



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काठमाण्डौ पहिलो पटक नाटक घर बन्ने भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको संकरनगर सामुदायीक अस्पताल नजिकै नाटक घर बन्ने भएको हो । साधना सांस्कृतिक कला केन्द्रले नाटकघर बनाउन लागेको हो ।

मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नाटक घर बन्न लागेको कला केन्द्रका सञ्चालक तथा नृत्यकर्मि संघ नेपाल रुपन्देही अध्यक्ष अनु रज्जकले साढे सात करोडको लागतमा नाटक घर बन्न लागेको जानकारी दिए ।

बन्न लागेको घर १२ कठ्ठा क्षेत्रफलमा बन्न लागेको बताउँदै निर्माण पश्चात प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने र कलाकारहरुलाई सरकारी जागीरको ब्यवस्था हुने बताए ।

प्रदेशको नाचघरको रुपमा स्थापन गर्न तिलोत्तमा नगरपालिका संग पिपिआर भईसकेको र २०७६ सम्म निर्माण प्रकृया पुरा हुने  बताए ।