नासाले नयाँ सुपरसोनिक विमान बनाउँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नासाले नयाँ सुपरसोनिक विमान बनाउँदै



वासिङटन

नासा अहिले पेन्सिलजस्तो देखिने सुपरसोनिक विमान निर्माण गर्न लागि परेको छ । यसको अघिल्लो भागमा पाइलटका लागि बाहिर हेर्न विन्डस्क्रिन हुनेछैन।  यो विमान १ हजार ७६० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ। यस विमानले न्युयोर्कबाट लन्डनको दुरी केवल ३ घन्टामै पूरा गर्न सक्छ ।

बस्न सुरक्षित हुन्छ कि हुन्न भन्ने तपाईँलाई लागिरहेको होला ? पाइलटले विमान कसरी उडाउँछन् ? आकाशमा यो कसरी नेभिगेट हुन्छ ? यसका लागि विमानको अगाडि क्यामेरा लगाइएको हुन्छ । यसमा लाइभ फिड राखिएको हुनेछ, जुन ४के रिजोल्युसन टिभी स्क्रिनमा पाइलटले हेर्न सक्नेछन्।

यस विमानको परीक्षण उडान २०२१ म गरिनेछ । यस्तो सिस्टमलाई एक्सटर्नल भिजिविलिटी सिस्टम भनिन्छ । औपचारिक रूपमा यो विमानलाई एक्स–५९ क्वाइट  सुपरसोनिक ट्रान्सपोर्ट को रूपमा चिनिन्छ । यसलाई‘सन अफ कङ्कर्ड’को उपनाम दिइएको छ ।

नासाको एक बयानमा डिजाइन क्विकरको खुलासा गरिएको हो । यसमा भनिएको छ कि ४के मनिटर विमानको एक्स्टर्नल भिजिविलिटी सिस्टम वा एक्सभीएसको हिस्सा हो । यसले बाहिर राखिएको क्यामेराबाट उपलव्ध हुने डेटालाई एडभान्स कम्प्युटिङ सिस्टमसँग जोडेर बाहिरको दृशय प्रस्तुत गर्नेछ । यसको साइडमा झ्याल राखिएको हुन्छ, जसबाट पाइलटले बाहिरको दृश्य हेर्न सक्छन् ।

एक्सभीएसको तलको बस्तु देख्नका लागि तथा पाइलटलाई सुरक्षित रूपमा उडान भर्न विभिन्न प्रकारको विमान प्रणालीको प्रयोग गरिनेछ । सोनिक बुम (जमिनमा पुग्ने तेज आवाज) लाई कम गर्नका लागि यसको डिजाइनमा कैयौं ठूला परिवर्तन गरिएका छन् । यद्यपि यो विमानबाट यात्रीलाई ओसार्ने लक्ष्य भने राखिएको छैन ।