छत्तिसगढ राज्यमा भएकोे नक्सलबादी आक्रमणमा परि मृत्यु हुने सुरक्षाकर्मीको संख्या २५ पुग्यो - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

छत्तिसगढ राज्यमा भएकोे नक्सलबादी आक्रमणमा परि मृत्यु हुने सुरक्षाकर्मीको संख्या २५ पुग्यो



 वैशाख, १२ भारत  (एजेन्सी)

 

भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सलवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् । निर्माणधिन वाटोको सुरक्षाको लागि दक्षिणी सुक्मामा जाने क्रममा ‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’को ७४ औँ बटालियन एम्बुसमा परेको हो ।


नक्सलवादीहरुको गढ मानिदैं आएको सो क्षेत्रमा पुगेका शुरक्षाकर्मीहरु खाना खान लागेको मौक छोपेर नक्सलवादी विद्रोहीले उनिहरु माथी आक्रमण गरेका थिए । यो आक्रमण सात बर्ष यताकै सबैभन्दा ठुलो आक्रमण हो । यसअघि पनि गत महिना सोमबार घटना भएको स्थानबाट ६० किलोमिटर टाढा १३ सिआरपिएफ जवानहरु यस्तै एम्बुसमा परेर मारिएका थिए भने सन् २०१० मा सुकमामा नै माओवादी आक्रमणमा ७६ सिआरपिएफ जवानले ज्यान गुमाएका थिए ।

घटनापछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको घोर भत्सर्ना गरेका छन् ।