नक्कली शरणार्थी प्रकरण- देउवा, प्रचण्ड र ओली फेरि छलफलमा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

नक्कली शरणार्थी प्रकरण- देउवा, प्रचण्ड र ओली फेरि छलफलमा



नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता संलग्न रहेको भेटिएपछि तीन दलका शिर्ष नेताहरू लगातार भेटिएका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व गृग बालकृष्ण खाँण पक्राउ परेपछि आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेता जुटेका हुन्।

यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर, गत उनी फरार छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा कांग्रेस र एमालेसहितका नेताहरु पक्राउ पर्न थालेपछि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका हुन्।

बुधबार दिउँसो एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू मुछिन थालेपछि शिर्ष नेताहरुको भेटघाट तिब्र बनेको छ ।