तलब भत्ता तोक्न नगरका जनप्रतिनिधिको माग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तलब भत्ता तोक्न नगरका जनप्रतिनिधिको माग



तुल्सीपुर । स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नगरपालिकाका जनप्रतिनिधिहरूले माग गरेका छन् । दाङको तुल्सीपुरमा नेपाल नगरपालिका संघको आयोजनामा भएको प्रदेश नम्बर ५ को भेलामा सहभागीले भौतिक विकास तथा मानीय विकासका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीय तहले विद्युत् महशुल तोक्ने अधिकारसमेत आफूहरूमा आउनुपर्ने माग गरेका छन् । भेलापछि जारी गरिएको घोषणापत्रपमा विकास निर्माणमा ढुंगा, गिट्टी, बालुवा, काठ जस्ता प्राकृतिक स्रोतको उपयोगमा समेत अवरोध पु¥याएको भन्दै स्थानीय विकासमा स्थानीय सरकारको निर्णय अनुसार गर्नका लागि सघाउन संघ तथा प्रदेश सरकारसँग माग गरिएको छ ।

स्थानीय सरकारका जनप्रतिनिधिहरूको सेवा सुविधा प्रदेश सभाको यसै आर्थिक वर्षको बैठकबाट ऐन बनाई निर्धारण गर्न भेलाले माग गरेको छ । प्रदेश सरकारले नगरेमा आफैले ऐन नियम बनाई आधारभूत रूपमा खर्च व्यवस्थापन गरिने चेतावनी दिएका छन् ।

भेलाले जनप्रतिनिधिको मर्यादाक्रम अव्यवहारिक र अवैज्ञानिक भएकोले सम्मानमूलक मर्यादाक्रम तोक्न सरकारसँग माग गरेको छ । वन, कृषि, पशु, जनस्वास्थ्य,शिक्षा जस्ता सेवा प्रदायक कार्यालयहरू तत्काल स्थानीय सरकार मातहत हस्तान्तरण गर्न पनि भेलाले माग गरेको छ ।

त्यस्तै नेपाल नगरपालिका संघले संघको प्रान्तीय समिति गठन गरेको छ । मंगलबार दाङको तुलसीपुरमा भएको प्रदेशस्तरीय भेलाले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको संयोजनकत्वमा प्रदेश समन्वय समिति गठन गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा भएको ५ नम्बर प्रदेशका प्रमुख र उपप्रमुखहरूको भेलाले १ सदस्य पछि थप्ने गरी सुवेदीको संयोजकत्वमा ५ नम्बर प्रदेश समन्वय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा रहेकी छन् ।

समितिको सदस्यमा नरुलाल चौधरी प्रमुख घोराही उपमहानगरपालिका, लक्ष्मी पाठक उपप्रमुख तानसेन नगरपालिका, शिवकुमारी चौधरी उपप्रमुख शिवराज नगरपालिका, सोमलाल सापकोटा प्रमुख मुसिकोट नगरपालिका, सूर्य अधिकारी प्रमुख सितगंगा नगरपालिका, अब्दुल कलाम प्रमुख महाराजगञ्ज नगरपालिका, सन्चु चौधरी उपप्रमुख कोहलपुर नगरपालिका, अर्जुनकुमार कक्षपति प्रमुख प्युठान नगरपालिका, कृष्णा कुश्मा थारु उपप्रमुख ठाकुरद्धारा नगरपालिका, मनमोहन चौधरी, प्रमुख लुम्बिनी साँस्कृतिक नगरपालिका रहेका छन् ।