नगर स्तरिय भेट्रान फुटबलको उपाधी निर्माण व्यवसायी संघ कैलालीले चुम्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नगर स्तरिय भेट्रान फुटबलको उपाधी निर्माण व्यवसायी संघ कैलालीले चुम्यो



किशोर तामाङ
कञ्चनपुर पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिकामा भएको नगर स्तरीय मैत्रिपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघले कैलालीले हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा निर्माण व्यवसायी संघ कैलालीले अरनिको भेट्रानलाई ३ का विरुद्ध १ (३-१)गोल गर्दै बिजयी भएको हो । खेलमा निर्माण व्यवसायी संघका विनोद विष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रानका तर्फबाट मानबहादुर तामाङले एक गोल गरेका थिए ।

पुनर्वास नगरपालिका–२ स्थित अरनिको निमाविको मैदानमा भएको फाइनल खेलमा अरनिको खेलकुद विकास समिति भेट्रान खेल सञ्चालन समितिका संयोजक मान बहादुर तामाङको सभापतित्वमा समापन समारोहमा प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापा रहनु भएको थियो । त्यस्तै बिशिष्ट अथितीको आसनमा कञ्चनपुर फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ , कार्यबाहक अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ,पुर्व जिल्ला फुटबल संघका अध्यक्ष भिम थापा रहनु भएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख जीवनराज थापाले सम्पुर्ण खेलाडीहरुलाई भेट गरी मैत्रीपूर्ण खेलको शुभकामना दिदै फुटबल हस्तान्तरण गरी खेलको शुरुवात गराईएको थियो ।अरनिको खेलकुद बिकास समितिद्वारा ‘सबैका लागि खेल स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार साथै कप र उपविजेताले ३० हजार रुपैया साथमा कप प्राप्त गरेका छन् । सो पुरस्कार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवन राज थापाले वितरण गरेका थिए ।