नगर स्तरीय भेट्रान फुटबल : उपाधिका लागि धनगढी र आयोजक अरनिको भिड्दै  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नगर स्तरीय भेट्रान फुटबल : उपाधिका लागि धनगढी र आयोजक अरनिको भिड्दै 



किशोर तामाङ
कञ्चनपुर  ,पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सञ्चालित भेट्रान खेल आजबाट फेरी सुचारु भई सेमिफाइनल खेललाई  टुङ्गो लगाएको छ । आयोजकले बिबिध प्राविधिक समस्या देखाउदै स्थगित गरिएको भेट्रान खेल आजबाट पुन सञ्चालनमा आएको हो ।

आज आयोजक टिम अरनिको भेट्रान र शान्ति भेट्रान अशुबर्मा बस्ती बिच सम्पन्न भएको सेमीफाइनल खेलमा आयोजक अरनिको भेट्रानले ०-३ गोलको अन्तरले शान्ति भेट्रानलाई हराउँदै फाईनलमा प्रबेश गरेको छ । खेल प्रतिस्पर्धात्मक र रोचक रहे पनि खेल संचालन  भएको १० औंं मिनेटमा अरनिको लागि हरि तामाङले पहिलो गोल गरेका थिए भने मध्यनतर पश्चात बिजय तामाङले अरनिको  लागि २ गोल गरेका थिए ।  खेल प्रतिस्पर्धा पुर्ण रहे पनि शान्ति भेट्रान ले भने कुनै पनि गोल गर्न सकेन ।

यस अघि बिबिध प्राविधिक कारण आई परेको हुँदा खेललाई सार्नु पर्ने बाध्यता भएकोले १ गते हुने भनिएको फाइनल खेल भोली असोज ८ गते सारिएको आयोजक टिमका अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङ ले जानकारी दिनुभएको छ ।

भोली फाईलनका लागी समुह क तर्फको बिजेता आयोजक टिम अरनिको भेट्रान र समुह ख तर्फको बिजेता निर्माण व्यवसायी धनगढी बिच भिडन्त हुुने सञ्चालक समितिका उपाध्यक्ष डम्मर तामाङले बताउनुभयो ।
यस खेलमा पहिलो हुने टिमले नगद पुरस्कार ५० हजार र  उपविजेता टीमले नगद रु ३० हजार प्राप्त गर्ने आयोजक समिति का अध्यक्ष सुबेदार मेजर मान बहादुर तामाङले जानकारी गराउनुभएको छ ।

अरनिको खेलकूद बिकास समिति द्वारा “सबैका लागि खेल स्वस्थका लागि खेलकुद ” भन्ने मुल नाराका पुनर्वास नगरपालिका वडा नं २ स्थित अरनिको निमाविको खुल्ला मैदानमा भइरहेको नगर स्तरिय मैत्रिपूर्ण फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी जम्मा १४ टिमको सहभागिता रहेको थियो ।