मञ्जु र अनुशाले उमेरको रिस तीजमा पोखेपछि... - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मञ्जु र अनुशाले उमेरको रिस तीजमा पोखेपछि…



काठमाडौँ – बजारमा तीजको माहौल छ । दिनहुँ दर्जनौँ तीजका गीतहरू सार्वजनिक भएका छन् । यस्तै सन्दर्भमा गायिका तथा प्रस्तोता मञ्जु पौडेलको मौलिक तीज गीत साअर्वजनिक भएको छ ।

हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन्।

‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् ।

दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत गरेको यो गीतलाई बि एम एस फिल्म्सले बजारमा ल्याएको छ ।

हेर्नुहोस भिडियो :