देवी घर्ती र बसन्त लम्साल भन्छन लभ गरेर बिहे गर्ने चलन चल्यो आज भोलि ....(भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देवी घर्ती र बसन्त लम्साल भन्छन लभ गरेर बिहे गर्ने चलन चल्यो आज भोलि ….(भिडियो सहित)



हिमाल पोस्ट /मङ्सिर १२ 

मङ्सिर महिना सुरु हुँदै गर्दा लगनको महिना पनि सुरु भएका छन् । पछिल्लो समय बजारमा पन्चेबाजाका गीतहरु पनि  आउने क्रम जारि छ तेस्तै अर्घादरवार फिल्मस् प्रालिको प्रस्तुतिमा बसन्त लम्साल र असिम मल्लको संयुक्त पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा आएको छ  ।

जुन पन्चेबाजा गीतलाई वसन्त लम्साल ,असीम मल्ल र देवी घर्तीले स्वर दिएका छन्  । लय बसन्त लम्साल ,शब्द बबिन नेपालको रहेको छ भने निर्देशन तथा सम्पादन  बिष्णु भट्टराईले गरेका छन्  ।अविरल फिलिम्स प्रा लिको   दृश्य निर्माणमा रहेको उक्त गीतमा  रेशम ,सम्झना ,कुलचन्द्र ,कुशुम र अर्जुनको अभिनय देख्न सकिन्छ ।