नविना लामा र रामकुमारी झाँक्री बने सांसद, यी हुन् ४१ जना समानुपातिक सांसद (नामावली सहित) - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

नविना लामा र रामकुमारी झाँक्री बने सांसद, यी हुन् ४१ जना समानुपातिक सांसद (नामावली सहित)



काठमाडौं ।। एमाले अखिलका वर्तमान अध्यक्ष नविना लामा र पूर्व अध्यक्ष रामकुमारी झाँक्री प्रतिनिधिसभा समानुपातिक तर्फका सांसद बनेका छन् । एमालेले पाएको समानुपातिक तर्फको मत अनुसार ४१ सांसद कोटा पाएको हो । पार्टीले पाएको सिट संख्यामा समावेशीताको कोटा पूरा गरेर एमालेले निर्वाचन आयोगमा आफ्ना सांसद पठाएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले ४१ सांसदको अन्तिम सूचि तय गरेको हो ।

एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् । प्रत्यक्षमा महिलाको संख्या निकै कम भएपछि संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत महिला कोटा सुरक्षित गर्न एमालेले समानुपातिकतर्फबाट ३७ जना महिला पठाउनै पर्ने थियो ।

समानुपातिक सूचिमा प्राथमिकता अनुसार झाँक्री महिलातर्फ चौथो नम्बरमा थिइन् भने लामा सातौं नम्बरमा ।

प्रत्यक्षमा महिलाको संख्या निकै कम भएपछि संविधानको व्यवस्था अनुसार ३३ प्रतिशत महिला कोटा सुरक्षित गर्न एमालेले समानुपातिकतर्फबाट महिलाहरू धेरै समावेस गरेर कोटा पूरा गरेको छ ।

एमाले विद्यार्थी संगठनको अध्यक्षमा रहँदाकै बखत सांसद बन्ने पहिलो महिलाका रूपमा नविना लामाले रेकर्ड राखेकी छन् । यस अगाडि अखिल अध्यक्ष रहेकै बेला रामनाथ ढकाल सांसद भएका थिए ।

प्राथमिकताक्रम अनुसार सांसद छनौट भएकोले दुबै युवा नेतृका भागमा माननीय हुने अवसर जुरेको हो ।

सांसदका रूपमा दुबैजनाको यो पहिलो पदार्पण हो ।

एमाले समानुपातिक सांसदहरूको नामावलीः

onlinetvnepal बाट