बहुचर्चित सर्जक तथा गायक भगवान भण्डारीको उत्कृष्ट लय/ शब्दमा निर्मला भण्डारीको तीज कोशेली “नभने बुढाले ऋण लायो”बजारमा (भिडयो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

बहुचर्चित सर्जक तथा गायक भगवान भण्डारीको उत्कृष्ट लय/ शब्दमा निर्मला भण्डारीको तीज कोशेली “नभने बुढाले ऋण लायो”बजारमा (भिडयो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु महिलाको ‘महान्’ चाड मानिने हरितालिका तीजको सन्दर्भमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरू बजारमा आउने क्रम जारी छ । यसै बिचमा बहुचर्चित गायक तथा सर्जक भगवान् भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा निर्मला भण्डारीको तीज कोशेली”नभने बुढाले ऋण लायो” केही समय अगाडि सार्वजनिक भए लगत्तै नेपाली साङ्गीतिक बजारमा निकै चर्चा पाएको छ ।

सार्वजनिक गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र उनै गायिका निर्मला भण्डारीकै नृत्य तथा अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन शङ्कर बिसीले गरेका छन् । राजेश घिमिरेको छायाङ्कनमा तयार भएको भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका हुन् ।गीतलाई आशिष् म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।