नारी निकुञ्ज संयोजकमा मन्जु खड्काको उम्मेदबारी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

नारी निकुञ्ज संयोजकमा मन्जु खड्काको उम्मेदबारी



 

अस्ट्रेलिया –

एनआरएनए अस्ट्रेलियाको जुलाईमा हुने निर्वाचनको लागि सामाजिक संजाल बाट इच्छुक ब्यक्तिहरुले विभिन्न पदका लागि उम्मेदबारी दिने क्रम पछिल्लो समय बढ्दो छ। एनआरएनए साउथ अस्ट्रेलियाको नारी निकुञ्ज संयोजकको लागि मन्जु खड्काले उम्मेदबारी दिएकी छन । नेपालमा १५ वर्षसम्म विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा सामुदायिक गैर सरकारी संस्थामा महिला सशक्तिकरण अधिकृतको रुपमा समेत काम गरेकी खड्काले एडिलेडमा पनि महिलाहरुका लागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालनमा संयोजकको सक्रिय भूमिका निभाउदै आएकी छन।

स्थानीय सामाजिक गतिविधिमा सकृय रहन रुचाउने खड्काले अस्ट्रेलिया आएको सुरुवाती दिनमा नै स्थानीय मेरियन काउन्सिलबाट सामुदायिक नेतृत्व विकासको कोर्स गरेर काउन्सिलको सामुदायिक गतिविधि मुल्यांकन टिममा रहेर काम गर्ने अवसर प्राप्त गरिन् । एडिलेड आए लगत्तै एडिलेड नेपाली समाजको कार्यकारी समितिमा नेपाली विद्यालय स्थापनार्थ संयोजकको रुपमा सक्रिय भूमिका निभाएकी खड्काले नेपाली विद्यालयको प्रधानाध्यापकको रुपमा आफुलाई एडिलेडको नेपाली समुदायमा चिनाउने अवसर पाइन् ।

विगतका ५ वर्ष देखि सामुदायिक काम मार्फत आफ्नो परिचय बनाएकी खड्काले एडिलेड स्थित विभिन्न बहुसांस्कृतिक संघ संस्थामा पनि आफुलाई दरियो भूमिकामा उभ्याएकिछन् । केहि वर्ष देखि Peace Multicultural Services को CALD Women’s Advisory Committee मा सक्रिय सदस्य खड्काले सरकारी निकायबाट प्राविधिक तथा आर्थिक सहयोग लिएर नै एडिलेड नेपाली समाज मार्फत नेपाली महिलाका स्वाथ्य सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्न सफल भएकी छन् ।एडिलेडको महिला तथा बालबालिका हस्पिटलमा समेत बहुसांस्कृतिक समुदायका उपभोक्ता विशेष गरि महिला तथा बालबालिकाको प्रतिनिधित्व गर्दै विगत केहि वर्ष देखि उपभोक्ता हकहितका विषयमा सक्रिय भूमिका निभाउदै आएकी खड्काको आउदै गरेको एनआरएनए साउथ अस्ट्रेलिया नारी निकुञ्ज संयोजकको लागि सामाजिक संजाल मार्फत घोषणा गरिएको उम्मेद्वारीलाई उत्सुकताका साथ हेरिएको छ ।

आफ्नो उम्मेदवारीले नारी निकुञ्ज अस्ट्रेलिया मार्फत नेपाली महिलाहरुको स्वास्थ्य र आर्थिक एवं सामाजिक शशक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्नसक्ने साथै बृहत अस्ट्रेलियन समुदायसंग र यहाँ अवस्थित सरकारी तथा विभिन्न गैर सरकारी निकायमा नेपाली समुदायको सम्बन्धलाइ अझै दरिलो बनाउने विश्वास खड्काले लिएकी छन् ।