म्युजिकल जर्निका लागि जापान पुगे दुर्गेस,भोलि प्रस्तुति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

म्युजिकल जर्निका लागि जापान पुगे दुर्गेस,भोलि प्रस्तुति



चिरञ्जीवी ढकाल 

बहु प्रतिभाशाली युवा गायक, मोडल तथा र्यापर दुर्गेश थापा नेपालका विभिन्न कार्यक्रम हरु सकेर जापानको म्युजिकल जर्निको लागि उनी लागि शुक्रबार  जापान पुगेका छन ।

थापाले विभिन्न कार्यक्रम र आफ्नो गीत हरु मार्फत थुप्रै दर्शक हरुको मन जितेका छन । उनले यो भन्दा पहिले पनि विभिन्न देशहरुमा आफ्नो प्रस्तुती देखाईसकेका छन । सबै भन्दा बढि कार्यक्रममा धाउने गायक हरुको रुपमा दुर्गेश थापा पनि चिनिन्छन । अहिले उनि SHINZOU MUSICAL NIGHT 2018 नामक कार्यक्रमको लागि जापान प्रस्थान गरेका छन । NAKANO ZERO HALL (नकानो जेरो हल) मा हुन गइरहेको उक्त कार्यक्रमको मुख्य आकर्षक दुर्गेश थापा लगायत अन्य कलाकारको प्रस्तुतीका साथै त्यहा थापाको बेजोड प्रस्तुती रहने छ । कार्यक्रममा गयका थापाले कार्यक्रम मात्र नभयर आफ्नो प्राण प्यारि भान्जीलाई भेट्ने मौका समेत पाएका छन ।

2018 मार्च 18 मा हुन गइरहेको उक्त कार्यक्रम साझ ५ बजे हुने जानकारि आयोजक संघका अध्यक्ष उत्तम श्रेष्ठले जानकारि दिनुभएको छ । आयोजक संघका अध्यक्ष उत्तम श्रेष्ठले प्रत्येक बर्ष कार्यक्रम हरु गर्दै आएका थिए । उक्त कार्यक्रममा सम्पुर्ण जापान बासिलाई कार्यक्रम हेर्न आइदिनको लागि थापाले चुलेनिम्तो गरेका छन ।