चर्चित गायिका मुना थापा मगरको स्वरमा “उडि जान्छ जहाज” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चर्चित गायिका मुना थापा मगरको स्वरमा “उडि जान्छ जहाज” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका मुना थापा मगरको स्वरमा नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । गायक गणेश पतेनी भाटकोे मन छुने लोकदोहोरी गीत “ उडि जान्छ जहाज ” मा थापाले स्वर भरेकी हुन ।

उनै गायक गणेश पतेनीको शब्द तथा लय सिर्जनामा तयार पारिएको यो गीतमा गणेशले स्वरमा मुना थापालाई साथ दिएका छन् ।

विक्रम चौहानको निर्देशनमा तयार उक्त गीतको भिडियोमा सुनिल लामिछाने र रञ्जिता गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन बासु बराल र सम्पादन मिलन बि.कले गरेका छन् । गीत गणेश पतेनी भाटको दोस्रो सागीतिक प्रस्तुतिमा गोरखा चौतारी म्युजिक प्रा.लीबाट बजारमा आएको हो ।हेर्नुहोस् भिडियो