मुम्बईमा आगलागी हुँदा १४ जनाको मृत्यु , यस्तो लेखे ट्वीटरमा भारतीय प्रम मोदिले - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

मुम्बईमा आगलागी हुँदा १४ जनाको मृत्यु , यस्तो लेखे ट्वीटरमा भारतीय प्रम मोदिले



एजेन्सी ।।भारतीय सहर मुम्बईको कमला मिल्स्मा शुक्रबार विहान भएको लागलागीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले जानकारी दिएको। यस आगलागीमा १२ जना घाइते भएका छन्।

उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दिए। आगालगी नियन्त्रणमा लिन छ दमकलको प्रयोग भएका थिए। स्थानीय समयअनुसार राति साढे १२ बजे लागेको आगो शुक्रबार दिउँसो मात्रै नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ।

उक्त आगलागीमा परेर ज्यान गुमाउनेहरुको परिचय खुलाइएको छैन। आगलागीबाट ज्यान गुमाएकाहरुप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रदाञ्जली दिएका छन् भने परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन्।

‘यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस’, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेका छन् । (आगो लागेको फाइल तस्बिर )