मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरियो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरियो



काठमाडौं- मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरुले १० लाख रुपैयाँ चोरेको खुलासा भएको छ ।

चोरीमा संलग्न गिरोहहरूले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘बुधबार साँझसम्ममा मुक्तिनाथ बैंकबाट दस लाख रुपैयाँ चेकमार्फत भुक्तानी लगेको जानकारी आएको छ,’ प्रवक्ता होविन्द्र बोगटीले बताए।

उनका अनुसार हालसम्म विभिन्न व्यक्तिका दुई हजार प्रतिलिपि नागरिकता र त्यति नै बराबरको फोटोहरू पनि पक्राउ गरिएको छ।

प्रहरीले मंगलबार राजधानीबाट ६ जनालाई पक्राउ गरेको थियो। जनता बैंकको बानेश्वर शाखाबाट १९ लाख ९९ हजार रुपैयाँ चेकमार्फत सो गिरोहले चोरी गरेको थियो।

सम्बन्धित व्यक्तिको नामको चेक जारी गराएर सोही चेकमार्फत सो समूहले भुक्तानी लिएपछि घटना बाहिरिएको थियो।