मुक्त कम्लहरीको उच्च शिक्षाका लागि छलफल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मुक्त कम्लहरीको उच्च शिक्षाका लागि छलफल



मसुरीया । मुक्त कम्लहरी उच्च शिक्षा सहयोग परियोजना अन्तरगत गौरीगंगा नगरपालिका वडा नं.८ र ९ मा छलफल गरीएको छ । प्लान नेपालको आर्थिक सहयोगमा सोसल बेलफेयर एक्शन नेपालको आयोजनामा कार्यक्रम गरीएको हो ।

वडा नं. ८ र ९ मा रहेका मुक्त कमलहरीहरु संग वडा ८ का अध्यक्ष तुलाराम सापकोटा र ९ का अध्यक्ष हरी प्रसाद तिवारीसंग छलफल गरीएको हो । छलफलमा वडा नं ८ का अध्य्रक्ष सापकोटाले स्थानिय सरकारको हैसियतमा सबै वर्ग जातिर समुदायलाई समान अबसर प्रदान गरीएको भन्दै मुक्त कमलहरीहरुका लागि हरेक कार्यक्रम तालिम सिप क्षमता अभिवृद्धिमा पुर्ण साथ सहयोग दिइएको उल्लेख गदै आफनो वडामा रहेका सम्पुर्ण विद्यालयमा निशुल्क शिक्षाको सुविधा दिएको बताएका थिए ।

यस्तै वडा नं. ९ का अध्यक्ष तिवारीले उच्च शिक्षा र प्राविधिक क्षेत्रमा समाजका हरेक तहमा स्थानिय सरकारको जिम्मेवारीमा आफुहरुको पुर्ण साथ सहयोग रहने भन्दै कमलहरीहरुले आफुले आर्जन गरेको सिप क्षमतालाई समाज रुपान्तरणमा प्रयोग गर्नु पर्ने भन्दै आवश्यकतामा आधारीत कार्यक्रम गर्नु पर्ने उल्लेख गदै सकारात्मक सोच राखेर काम गर्ने वातावरण बनाउन आफनो तहबाट साथ रहने बताए ।

करिव ३० जना कमलहरी र अभिभावकहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण परियोजनाकका सहजकर्ता जागेश्वर शर्मा घिमिरे र सामाजिक परिचालक हिरा चौधरीले गरेका थिए ।