मुख्यमन्त्री भट्टद्वारा तालबन्द क्षेत्रको निरिक्षण - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्यमन्त्री भट्टद्वारा तालबन्द क्षेत्रको निरिक्षण



मसुरिया,कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्कालीन जनमुक्ती सेना नेपाल सातौं डिभिजनको मुख्यालय तालबन्दको शनिबार निरीक्षण गरेका छन् । कैलालीको गाैरीगंगा नगरपालिकासँग जोडिएर रहेको तालबन्द क्षेत्रमा मुख्यमन्त्री भट्टले निरीक्षण तथा अनुगमन गरेका हुन् ।

दश वर्षे जनयुद्ध गरेको तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता पछि तालबन्दमा जनमुक्ति सेनाको सातौं डिभिजन मुख्यालय राखिएको थियो । सेना समायोजन पछि हाल नेपाली सेनाले तत्कालीन डिभिजन मुख्यालय क्षेत्रमा बसेर जिर्ण भबन संरचनाको सुरक्षामा मात्र सिमित रहेको छ । देशमा गणतन्त्र ल्याउने जनमुक्ति सेनाको समायोजन पछि बर्तमान नेतृत्वले ताजा ईतिहासको संरक्षण गर्न नसकेको भन्दै मसुरियाका स्थानीयले खुल्ला पर्यटकीय संग्रहालय बनाउनुपर्ने माग उठाउदै अाएका थिए ।

शनिबार निरीक्षणकाे क्रममा मुख्यमन्त्री भट्टले तराई देखि नजिकैको चुरे पहाडमा अबस्थित यस क्षेत्रको प्रकृतिक सुन्दरताले संरक्षण तथा उपयोग गर्न के कस्तो सम्भावना हुन सक्छ भन्ने उदेश्य लिएर अबलोकन गर्न अाएको बताए । प्रदेश सरकारको पहलमा स्थानीय सरकारसँग समन्वय गरि कृषि पर्यटनको सम्भाव्यता अध्ययन गरि २ वर्ष भित्र ठोस नतिजा दिने भट्टले बताए ।

तराईका दुई जिल्लामा छाडा पशु व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको भन्दै गौरीगंगा नगरपालिकाका मेयर भिम बहादुर देउवाले गौशाला सहित अर्गानिक कृषि प्रर्यटनको सम्भाबना रहेको बताएका छन् ।