मुख्यमन्त्रीले विश्वासको मत लिँदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुख्यमन्त्रीले विश्वासको मत लिँदै



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले आइतबार विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा कार्यव्यवस्था समितिको शुक्रबार बसेको बैठकले आइतबार बस्ने संसद बैठकको कार्यसूची पारित गरेको हो ।

आइतबारको पहिलो बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले बताए । फागुन ३ गते शपथ लिएका मुख्यमन्त्री पोखरेलले २४ दिनपछि विश्वासको मत लिन थालेका हुन् । पोखरेललाई माओवादी केन्दको समर्थन छ ।

उनलाई संसदमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गर्ने सम्भावना छ । उपसभामुख निर्वाचनमा यी दुई दलले समर्थन जनाएका थिए । आइतबार संसदमा दुई विधेयकसमेत टेबुल हुने भएका छन् ।

सरकारले आर्थिक कार्यविधि विधेयक र स्थानीय तहका पदाधिकारीहरूको पारिश्रमिक सम्बन्धि बनेको विधेयक दर्ता गरेको छ । यी दुई विधेयकमा आइतबारदेखि छलफल शुरु हुनेछ ।