मदरल्याण्ड युथ कप : सुदुरपश्चिम–११, गौरीगंगा र उर्मिला पोल्ट्री फर्म विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मदरल्याण्ड युथ कप : सुदुरपश्चिम–११, गौरीगंगा र उर्मिला पोल्ट्री फर्म विजयी



कैलाली । फुटबलको उर्वरभुमिका रुपमा चिनिने गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा सुदुरपश्चिम–११, गौरीगंगा–११ र उर्मिला पोल्ट्री फर्म विजयी भएका छन् । जितसँगै तीन वटै टोली क्वाटरफाईनल प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले शिवशक्ती युवा क्लबलाई ५–२ को गोल अन्तरले पराजित ग¥यो । जितमा सुदुरपश्चिम ११ का रामसिंह रानाले ह्याट्रिक गरेका छ्न । उनले दोस्रो हाफको २०, २२ र २५ औं मिनेटमा गोल गरेका थिए । सुदुरपश्चिम ११ का लागि पहिलो हाफको ७ मिनेटमा सुरेन्द्र राना र १० मिनेटमा राजेश राजीले एक एक गोल गर्न सफल भएका थिए । शिवशक्तीका लागि पहिलो हाफको ६ मिनेटमा जीवन रोकाय र दोस्रो हाफको ३ मिनेटमा चक्र चौधरीले गोल गरेका थिए ।

आइतबार नै भएको दोस्रो खेलमा गौरीगंगा–११ स्पोर्टस क्लबले क्याम्पसरोड ११ लाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयममा दुबै टोली बीच एक एकको बराबरी भएपछि भएको टाईबे्रकरमा गौरीगंगा ११ ले ५–३ को जित निकालेको हो । यसअघि क्याम्पसरोड ११ का लागि पहिलो हाफको १५ औं मिनेटमा अजय चन्द र गौरीगंगाका लागि दोस्रो हाफको १० औं मिनेटमा ललीत साउँदले गोल गरेका थिए ।

त्यस्तै आइतबार नै भएको अन्तिम खेलमा उर्मिला पोल्ट्री फर्मले हाम्रो उपदेश युवा क्लबलाई १–० ले किनारा लगायो । टीमलाई अन्तिम आठमा पुराउन उर्मिला पोल्ट्री फर्मका लागि दोस्रो हाफको १७ औं मिनेटमा सुर्य परियारले एक मात्रै गोल गरेका थिए ।

मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । “हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै सञ्चालन भईरहेको छ ।