मोरक्को भूकम्प अपडेट- मृत्यु हुनेको संख्या २ हजार नाघ्यो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मोरक्को भूकम्प अपडेट- मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हजारौँ घाइते भएका छन् ।

भूकम्पमा परी मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न बढ्ने मन्त्रालयले जनाएको छ । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का कैयौं पटक महसुस भइरहेको मोरक्कोका सञ्चार माध्यमले बताएका छन् ।

शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।