जिम्मीको म:म चपाउदै गित सार्बजनिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जिम्मीको म:म चपाउदै गित सार्बजनिक



एडीलेड

“देखे मैले तिमीलाई त्यो कलेजको क्यान्टिनमा म:म चपाउदै ……..”बोलको गित युटुबमा सार्बजनिक भएको छ । प्रभात अधिकारी ” जिम्मी” को संगीत र स्वर रहेको उक्त गीतको शब्द संयोजन अबिशेक पौडेलको रहेको छ। सानै देखि संगीतमा रुचि राख्ने प्रभातले संगीतमा आफ्नो पहिलो औपचारिक यात्रा सुरु गरेका छन्। शुशिल उप्रेतीको निर्देशमा बनेको उक्त म्युजिक भिडियोमा अभिषेक जोशी , विन्दिया मका , प्रियंका दवाडी , दिनेश ढकाल लगायतको अभियान रहेको छ। एडीलेड मै छयांकन गरिएको यस म्युजिक भिडियोलाई रोयल मिडियाले पोस्ट प्रोडकसन गरेको छ ।

साउथ अस्ट्रेलियाको एडीलेडमा उच्च शिक्षा अध्ययनको क्रममा रहेका प्रभातसँग उनकै नामको बारेमा हामीले पहिलो प्रश्न गर्यौ । तपाई जिम्मी कि प्रभात, उनले नामको बारेमा प्रस्टाउदै भने ” नाम प्रभातमा भए पनि संगीतमा जिम्मी भनेर चिन्नु हुन्छ र साथी भाईहरुले पनि जिम्मी नै भनेर बोलाउने गर्नु हुन्छ त्यहि नै परिचय बन्दै गएको छ।” जिम्मीका अनुसार उनिले सानै बाट आमाले भान्सा कोठामा खाना पकाउदा होस् वा अन्य घरमा काम गर्दा सधै नेपाली , हिन्दि गीतहरु गुनगुनाई रहेको सुन्थिए त्यसैको प्रभाबले आफ्नो संगीत प्रतिको रुचि जागेको उनको भनाई छ।

कक्षा ९ – १० मा पढ्दै गर्दा गितारको स्ट्रिंगसँग उनको मोह बढयो र गितार सिक्न उनले सुरु गरे। त्यति बेला स्कुल कलेजमा हुने कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुति दिने गर्थिए।नेपाल संगीत बिद्यालय बाट शास्त्रीय संगीत र वेस्टर्न गितारमा समेत उनले औपचारिक शिक्षा हासिल गरेका छन्। नेपालमा रहदा आफुले सिकेको त्यो ज्ञानलाई आफै संगीत गुरु भएर समेत गितार र भोकलको कक्षा विद्यार्थीहरुलाई दिने गर्थिए। नेपाल र अस्ट्रेलियामा पबहरुमा समेत आफ्नो प्रस्तुति दिएका अधिकारीले आगामी ५-६ महिना मै अर्को सांगीतिक कोशेली दर्शक स्रोताहरु बीच लिएर आउने खुलासा समेत गरेका छन् । उनले भने ” ब्यस्त जिबनमा सबैकुरा म्यानेज गर्न गार्हो थियो अब भने निरन्तर रुपमा सांगीतिक साधनामा लाग्ने छु ।

हेर्ने होइन त ? म:म चपाउदै