मोदी विश्वकै शक्तिशाली व्यक्ति - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मोदी विश्वकै शक्तिशाली व्यक्ति



भारतीय प्रधानमन्त्री  मोदी सन् २०१९ का विश्वकै सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चुनिएका छन् ।

बेलायतका हेराल्ड पत्रिकाको सञ्चालन गरेको एउटा‘पोल’मा पाठकहरूले सन् २०१९ को सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा मोदीलाई चयन गरेका हुन्।

यस पोलमा मोदी भ्लादिमिर पुटिन, डोनाल्ड ट्रम, सी जिनपिङजस्ता शक्तिशाली विश्वका नेताहरूलाई पछि पार्दै पहिलो भएको जनाइएको छ ।

बेलायती हेराल्डका पाठकले अनिवार्य ‘वन टाइम पासवर्ड’ (ओटीपी) प्रोसेसको माध्यमबाट भोट हालेर शक्तिशाली व्यक्ति चयन गरेको बताइएको छ ।

शनिबार भएको भोटिङमा भारतीय प्रधानमन्त्री मोदीले सबभन्दा धेरै ३०.९ प्रतिशत मत पाए भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २९.९ प्रतिशत भोट ल्याए ।

२१.९ प्रतिशत मत ल्याएर अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो भए भने चीनका राष्ट्रपति सी जिनपिङलाई पाठकले १८.१ प्रतिशत मत दिएका थिए ।