क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको टोली भारतमै अलपत्र - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको टोली भारतमै अलपत्र



काठमाडौं- जी–२० शिखर सम्मेलनका लागि भारत क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल भारतमै अलपत्र परेका छन् ।

उनीहरू आएको विमान बिग्रिएपछि सो टोली भारतमै अड्किएको बताइएको छ । सेप्टेम्बर ९ र १० मा भएको जी–२० शिखर सम्मेलनका लागि भारतमा रहेका ट्रुडो आइतबार फर्किने तयारी थियो । तर, विमानमा समस्या आएपछि उनको बसाइ एक दिन लम्बिएको छ ।

रोकिएको विमानमा के समस्या भएको हो भन्ने विषय भने खुलाइएको छैन । छिटोमा ट्रुडो मंगलबार मात्रै भारतबाट फर्किने बताइएको छ । यसैलाई कतिपय भारतीय सञ्चारमाध्यमले क्यानडाका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल भारतमै अलपत्र भनेर समाचार बनाएका छन् ।

पछिल्लो समय क्यानाडामा खालिस्तानी आन्दोलन चलिरहेको छ । जसका कारण भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गैरहेको छ । भारतको पञ्जाबमा छुट्टै शिख राज्यको माग गर्ने खालिस्तानी मुभमेन्ट क्यानडामा चर्किदो छ ।

मोदीले सामाजिक सञ्जालमा सेयर गरेको सबै फोटोमा उनले नेताहरुसँग हात मिलाएका छन् तर, ट्रुडोसँग भने अलग उभिएको फोटो राखेका छन् ।