मोदी भन्दा इमरान उदार : चौतर्फी प्रशंसा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मोदी भन्दा इमरान उदार : चौतर्फी प्रशंसा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई क्षेत्र भएर शङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन जान पाउने भएका छन् । सोमबार भारतले प्रधानमन्त्री मोदीको हवाई यात्रा सहज बनाउन पाकिस्तानसँग अपील गरेको थियो । किर्गिस्तानको राजधानी विश्केकमा हुने सम्मेलन यही ३० र ३१ गतेदेखि सुरु हुने भएको हो । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेत सहभागी हुने छन् ।

गत फेब्रुअरी २६ मा भारतीय सेनाले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेसँगै दुई देशबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि पाकिस्तानले भारतीय जहाजका लागि सञ्चालन हुँदै आएको ११ हवाई मार्गमध्ये नौ मार्ग बन्द गरेको थियो । हवाई मार्ग बन्द भएकाले भारतीय प्रधानमन्त्री मोदी सम्मेलनमा भाग लिन जान अन्योल भएको थियो । जसका लागि भारतले पाकिस्तानलाई हवाई क्षेत्र खोल्न अपील गरेको थियो ।

हवाई मार्ग सञ्चालन भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकारले भारतको आग्रह स्वीकार गरेको जानकारी गराएको थियो । जसले मोदी चढेको विमान पाकिस्तानको हवाई क्षेत्र हुँदै विश्केक सम्मेलनमा जान पाउने भएको छ । औपचारिकता पूरा गर्न बाँकी हुँदै गर्दा भारत सरकारसमेत पाकिस्तानको आकाश भएर प्रधानमन्त्री मोदी सम्मेलनमा जाने जानकारी गराएको छ ।

भारतीय प्रधानमन्त्रीका लागि हवाई मार्ग खुला गरेसँगै पाकिस्तानले दुई देशबीच शान्ति वार्ता गर्न प्रस्ताव गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । वार्ता भए विवाद हुँदै आएको कश्मिर मुद्दाबारे दुई देशले छलफल गर्न सक्ने जनाएको छ ।

(एजेन्सी)