देशवासीहरू धन्यवाद : मोदी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देशवासीहरू धन्यवाद : मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला बीजेपी मुख्यालयबाट देशको नाममा सन्देश दिइरहेका छन्। उनले यस ऐतिहासिक समयमा उनले उन्नत लोकतान्त्रिक अभ्यास गरेकामा समस्त १३० करोड भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले देशमा दुईवटा मात्र जाति रहेको बताए। एउटा गरिब जाति र अर्को गरिबहरूका लागि काम गर्ने जाति। यस चुनावले लोकतन्त्रका नाममा जातिवादको ओड्ने ओडेर राजनीति गर्नेहरूको दिन सकिएको भए। उनले बीजेपीका समस्त कार्यकर्ताहरूलाई पनि हार्दिक नमन गरे। भारत अब नयाँ युगमा प्रवेश गरेको उनले बताए।

“मेरा प्यारा देशवासीहरू, तपाईँहरूले मजस्तो फकीरको झोली भरिदिनुभयो। तपाईँहरूले २०१४ मा मलाई नचिन्दै पनि ममाथि भरोरा गर्नुभयो। २०१९ मा चिनेर मलाई बलियो बनाउनुभयो। यसपछिको भावनालाई म राम्ररी बुझ्छु….।” उनको सम्बोधन अहिले भारतीय सञ्चार माध्यमममा लाइभ छ।