“मर्ने मिति”गीतबाट लोकदोहोरी अवार्डको सर्वोत्कृष्ट नायकमा बिमल अधिकारी(यसरी भोट गर्नुहोस) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

“मर्ने मिति”गीतबाट लोकदोहोरी अवार्डको सर्वोत्कृष्ट नायकमा बिमल अधिकारी(यसरी भोट गर्नुहोस)



समीर प्रकाश पाण्डे 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा हुँदै आएको लोकदोहोरी अवार्डको पाँचौँ संस्करणको विभिन्न २५ विधा समेटिएको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौँ स्थित दरबार रोधी घरमा एक कार्यक्रमको आयोजना गरी समन्वय समितिले उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेको हो ।

यसै क्रममा लोक दोहोरी अवार्ड मा “मर्ने मिति ” गीत बाट बिमल अधिकारी सर्वोत्कृष्ट लोक दोहोरी नायक( अभिनय)
को टप फाईपमा पर्न सफल भएका छन् । मर्ने मिति धेरै दर्शक श्रोताले मन पराएको गीत पनि हो भने उनी सँगै सर्वोत्कृष्ट लोकदोहोरी नायक (अभिनय) तर्फ महेन्द्र गौतम : मेरो झल्को आएमा ,शिबम पोख्रेल :  तिम्रो झल्को दियो:  दुर्गेश थापा तिमी फुल हौ काली, बुद्धबिर थापा :-कति माया गर्छु गीत बाट टप फाईपमा पर्न सफल भएका छन् ।

मोडल बिमल अधिकारी लाई टप फाइभबाट टप वान बनाउनको लागी तपाईँहरूको भोटको खाँचो हुन्छ जिताउनको लागी तपाईँ मोबाइलको म्यासेज बक्समा गई LDAटाइप गरी स्पेस छाडनुहोस अनि 12D टाइप गरी35225 मा म्यासेज पठाउनु हाेला ।