एकाएक मोदी वाराणसी किन पुगे ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकाएक मोदी वाराणसी किन पुगे ?



मोदी सोमबार आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र गभर्नर राम नायकले एयरपोर्टमा स्वागत गरेका थिए।

बीजेपी अध्यक्ष अमित शाह र योगी आदित्यनाथ सँगै मोदीले काशी विश्वनाथ मन्दिरमा गएर प्रार्थना गरेका थिए। यो भ्रमण मुख्यतया त्यहाँका जनतालाई धन्यवाद ज्ञापन गर्नका लागि थियो। यस पटकको लोकसभा निर्वाचनमा मोदीले २०१४ को भन्दा करिब १ लाख म बढी ल्याएर विजयी भएका थिए।

कडा सुरक्षाबीच गरिएको उनको शोभायात्रामा ठूलो समूह जम्मा भएको थियो र मानिसहरूले घरका बार्दली, झ्यालहरूबाट पुष्पवृष्टि गरेका थिए। केही कलाकारहरूले तत्काल कलाकारिता पनि प्रस्तु गरेका थिए।

सोमबार मोदीले वाराणसीमा बीजेपी कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने बताइएको छ।

(एजेन्सीको सहयोगमा)