२०७५ अशोज ६, शनिबार

एक करोडको मोवाईल चोरीहुँदा पनि प्रहरी अनुसन्धानमै

May 15, 2018
280 Views
Spread the love
  • 567
    Shares

झविन्द्र देवकोटा/ बुटवल । बितेको पाँच वर्षमा बुटवल र भैरहवा क्षेत्रबाट मात्रै एक करोडबढीको मोवाईल चोरी भएको छ ।

श्रृंखलाबद्ध रुपमा भएको मोवाईल पसल चोरीका कारण मोवाईल ब्यवसायिले एक करोड नोक्सानी ब्यहोर्नु परेको हो । बुटवल क्षेत्रमा महिनै पिच्छे पसलमा चोरी हुँदा प्रहरी प्रशासन मुखदर्शक बनेको र चोरी कार्यमा संलग्न यसैै उम्किने गर्दा ब्यवसायि त्रसित समेत बनेका छन् ।

तर प्रहरी प्रशासनले आश्वासन मात्र दिने गरेको ब्यवसायिहरुले आरोप लगाएका छन् । मंगलबारमात्र बुटवल ट्राफिकचोकमा रहेको सिद्धबाबा इन्फोटेकमा १५ लाख बढीमा मोवाईल लगायतका इलोक्ट्रोनिक समान चोरी भयो ।

चोरी कार्यमा संलग्नको खोजि गर्नका लागि ईलाका प्रहरी कार्यालय बुटवलले आश्वासन मात्र दिएको बुटवल उद्योग बाणिज्य संघ मोवाईल बस्तुगत समितिका सभापति विष्णु ज्ञवालीले बताउनुभयो ।

एभरेष्ट मोवाईलका संचालक समेत रहेका ज्ञवालीले यसअघि पनि मोवाईल पसलमा चोरी हुने गरेको तर प्रहरीले चोरी कार्यमा संलग्नको खोजी गर्नुका साटो आश्वासन मात्र दिएर उम्कीने गरेको गुनासो गर्नुभयो । उहाँले प्रहरीले आश्वासन दिनेमात्र होईन चोरी कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर ब्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

यस्तै क्यान रुपन्देहीका उपाध्यक्ष रामुदेव गौतमले पालैपालो गरि मोवाईल पसलमा चोरी हुँदा ब्यवसायिलाई त्रसित पर्ने कार्य गरेको बताउनुहुन्छ ।

मोवाईल बस्तुगत समितिमा मात्र बुटवल क्षेत्रका दुई सयबढी पसल ब्यवसायिहरु आवद्ध छन् । भने वितेको पाँच वर्षमा मात्र श्रृंखलाबद्ध भएको चारीमा एक करोडबढीको चोरी भएको छ ।

बुटवल र भैरहवा क्षेत्रका गणेश इलेक्ट्रोनिक, श्री आर एस, आरएस मोवाई, एटु मोवाईल, सविन मोवाईल, विशाल मोवाईल लगायतमा ठुला र अन्य साना ठुला गरि १० मोवाईल पसलमा चोरी भएको छ । पाँच वर्षको यो अवधिमा चोरी कार्यमा संलग्न एक जना पनि पक्राउ नपरेको मोवाईल समितिका अध्यक्ष ज्ञवालीले बताउन्ुभयो । यसैबीच ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक केशव भट्टराईले मोवाईल चोरीमा संलग्नको खोजि भई रहेको बताउनु भयो ।

उहाले एक महिना अगाडी अमरपथमा रहेको सचिन मोवाईलमा भएको चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको र फरार दुई जनाको खोजिका लागि अनुसन्धान भई रहेको बताउनु्भयो । उहाँले मोवाईलको आइएमइ कोर्ड ट्रयाक गर्ने कार्य नेपालमा मात्र सम्भव भएको बताउनु्भयो । नेपालमा चोरी भएका मोवाईल भारतमा र भार्तमा चोरी भएका मोवाईल नेपालमा ल्याउने कार्य हुने भएकाले चोरी कार्यमा संलग्नलाई नियन्त्रण गर्न समस्या भएको बताउन्ुभयो । उहाँले शुस्म अनुसन्धान भने जारी रहेको बताउनुभयो ।

मोबाइल समिति अध्यक्ष ज्ञवालीले सातदिन भित्र चोरी कार्यमा सम्लग्न पक्राउ नपरे, प्रहरी प्रशासन विरुद्ध प्रत्यक मोबाइल पसल अगाडि कालोझन्डा राख्ने चेतावनी दिनुभएको छ ।

Facebook Comments
  • 567
    Shares

You may be interested

फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन
पत्रपत्रिका
0 shares49 views
पत्रपत्रिका
0 shares49 views

फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन

himal post - २०७५, ६ आश्विन ०८:५१

धनगढी,  । प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले फाष्ट ट्रयाक अन्तर्गतका सडक मर्मत तथा स्तरोन्नतीको काम द्रूत गतिमा अघि बढाउन…

पुरुषले गर्ने दैनिक ९ गल्ती !
समाचार
0 shares65 views
समाचार
0 shares65 views

पुरुषले गर्ने दैनिक ९ गल्ती !

himal post - २०७५, ६ आश्विन ०८:२६

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य…

१३ बर्षमै फेसबुकमा लभ,अश्लील तस्बिर सेयरिङले निम्त्यायो परिवारमा तनाव !
पत्रपत्रिका
0 shares57 views
पत्रपत्रिका
0 shares57 views

१३ बर्षमै फेसबुकमा लभ,अश्लील तस्बिर सेयरिङले निम्त्यायो परिवारमा तनाव !

himal post - २०७५, ६ आश्विन ०८:०९

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत…