मिस स्कुल नेपालको फाइनलको तयारी पूरा - Himal Post Himal Post
  • २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
Logo

मिस स्कुल नेपालको फाइनलको तयारी पूरा



बुटवल । कक्षा ७ देखि ९ सम्मको विद्यार्थीलाइ लक्षित गरी आयोजना गरिएको मिष्टर एण्ड मिस स्कुल नेपाल को अन्तिम प्रतिष्प्रधा हुने भएको छ । प्रतियोगितामा १३ जना छात्रहरुको सहभागिता रहेको छ ।

उपाधि विजेताले कक्षा १० सम्म निशुल्क अध्ययन गर्न पाउने आयोजक संस्था मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए । १५ दिनको प्रशिक्षण पछि सम्पन्न हुन लागेको अन्तिम प्रतिस्प्रधाको अन्तीम तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विभिन्न विधामा सहभागिलाइ फरक किसिमको सह उपाधि समेत प्रदान गरिने कार्यक्रम संयोजक मन्जेस गिरीले बताए । प्रतियोगितामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले निर्णायकको भुमिका निर्वाह गर्नेछन ।

अश्मि शर्मा र पवन आचार्यको कोरियोग्राफि र आइएफसि बुटवल डिजाइन , एरोमा कलेज अफ फेशनको मुख्य प्रायोजक रहेको छ ।