मेस्सी 'फिफा वर्ष खेलाडी' बन्नुका दर्जन कारण - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

मेस्सी ‘फिफा वर्ष खेलाडी’ बन्नुका दर्जन कारण



एजेन्सी— फेडेरेसन इन्टरनेसनल डि फुटबल एसोसियसन (फिफा)ले नेपाली समयअनुसार सोमबार राति अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई वर्ष उत्कृष्ट फुटबल घोषणा गरेको छ ।

उनीसँगै यसका लागि अन्तिम तीनमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइकलाई छानिएका थिए ।

आखिर रोनाल्डो र डाइकलाई पछाडि पारेर कसरी यो उपाधि हासिल गरे त मेसीले ? यसका दर्जनौं कारण छन् । केहि कारणहरू यस्ता थिए ।

मेसीले गत सिजन बार्सिलोनालाई ला लिगा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनको उत्कृष्ट प्रदर्शनकै कारण बार्सिलोनाले कोपा डेल रेको फाइनल तथा च्याम्पियन्स लिगको सेमीफाइनल खेल्यो । मेसीले गत वर्ष ५८ खेल खेले । ती खेलमा उनले ५४ गोल त आफैंले स्कोर गरे । अनि उनले खेलमा २० गोलका लागि अवसर पनि सिर्जना गरे ।

त्यही वर्ष रोनाल्डोले ३५ गोल गरे र १० वटा अवसर सिर्जना गरेका थिए । डाइकले चाहिँ १० गोलमात्र आफ्नो नाममा लेखाएका छन् ।

अर्कोतिर, मेसीले अर्जेन्टिनाका लागि गत वर्ष ८ खेलमा ३ गोल तथा एक गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । यतिमात्र होइन, सन् २०१८—१९ को युरोपियन गोल्डेन सुज पनि मेसीकै पोल्टामा पुगेको थियो ।

मेसीले यसरी नम्बरहरुमा राम्रो त गरे, योसँगै उनले दर्शक तथा भोटरहरुको पनि मन जिते । उनको शान्त स्वभाव तथा खेल कौशल सबैका लागि प्रिय मानिन्छ । त्यसैले पनि मेसीलाई यसपटक फिफाले उत्कृष्ट खेलाडीका चयन गर्यो ।