मेस्सीले बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

मेस्सीले बनाए नयाँ किर्तिमान



एजेन्सी- स्पेनिस जाइन्ट बार्सिलोनाले च्याम्पियन्स लिगको समुहचरणमा अपराजित यात्रालाई कायम राखेको छ।

समूहको तेस्रो खेलमा बार्सिलोना बुधबार स्लाभिया प्राहालाई २–१ ले पराजित गर्दै अंक तालिकामा ७ अंकका साथ समुह एफको शीर्ष स्थानमा छ। खेलको तेस्रो मिनेटमानै मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले गोल गरेसँगै च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल रहे।

मेसीले खेलमा अग्रता बनाउने क्रममा अर्तुरो भिडालको पासलाई सदुपयोग गरेका थिए। सुरुवातमानै गोल निकालेपनि बार्सिलोना त्यसपछि भने गोलका लागि निकै ठुलो संघर्षमा देखियो।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको बार्सिलोनाविरुद्ध जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काउँदै खेलमा पुनरागमनको प्रयास गराएका थिए। तर ७ मिनेटपछिनै पिटर ओलायिन्काको आत्मघाति गोल गर्न पुग्दा बार्सिलोना भाग्यमानी सावित भयो।

समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक रहँदा दोस्रो स्थानको ईन्टर मिलानको ४ अंक भएको छ। इन्टरमिलानले बौरिसिया डर्टमुन्डलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो। डर्टमुन्डको भने यो पहिलो हार हो। डर्टमुन्ड समान ४ अंक भएपनि तालिकाको तेस्रो स्थानमा रहेको छ। स्लाभिया १ अंकसहित तालिकाको पुछारमा छ।