मेस्सीको फोटोले पनि बनायो नयाँ 'विश्वरेकर्ड' - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मेस्सीको फोटोले पनि बनायो नयाँ ‘विश्वरेकर्ड’



काठमाडौं– अनेकौँ रेकर्ड बनाएका अर्जेन्टिनाका फूटबल कप्तान लियोनेल मेस्सीको फोटोले पनि रेकर्ड बनाएको छ । उनले विश्वकपको ट्रफी उचालेको फोटोले नयाँ रेकर्ड बनाएको हो ।

उनको उक्त फोटो सोसल मिडियामा संसारकै सबैभन्दा धेरै लाइक पाउने फोटो बनेको छ।

कतारमा हालै सम्पन्न फिफा विश्वकपको उपाधि जितेका मेस्सीले विश्वकपको ट्रफी उचालेको फोटो आफ्नो इन्टाग्राम एकाउन्टमा पोष्ट गरेका थिए मंगलबार।

उनको उक्त फोटोमा ३३ घण्टा पनि नबित्दै ५८ मिलियनभन्दा धेरै लाइक आएको छ।

यसअघि यो कीर्तिमान वर्ल्ड रेकर्ड एग नामक अकाउन्टमा राखिएको कुखुराको अण्डाको फोटोको थियो। यस फोटोले ५५.७ मिलियन लाइक प्राप्त गरेको छ।