१८ भाषामा बन्ने भो चलचित्र "मेरो पैसा खोइ", छायांकन सुरु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

१८ भाषामा बन्ने भो चलचित्र “मेरो पैसा खोइ”, छायांकन सुरु



 

हिमालपोष्ट/काठमाडौं,२५ माघ

निर्माता रोज राणाको चलचित्र ‘मेरो पैसा खोइ’ को छायांकन सुरु भएको छ । मंगलबारबाट छायांकन सुरु गरिएको राणाले जानकारी दिए ।

तीन दिन पुलतीसडकको एक अफिसमा खिचिँदै छ, त्यस पछि पोखरा, लुम्बिनी र मुस्ताङमा छायांकन गरिने निर्माता राणाले बताए। चलचित्र ४५ दिनमा खिच्ने लक्षय रहेको छ।

यो चलचित्रलाइ भारतीका चर्चित निर्देशक विवेक शर्माले निर्देशन गरिरहेका छन् । कमेडी प्याट्रनमा बन्न लागेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद सबै विवके शर्माकै हुनेछ। चलचित्र १८ भाषामा निर्माण हुँदैछ । १८ भाषामा पहिलोपटक चलचित्र बनाएर गिनिज बुकमा नाम लेखाउने विवेकको तयारी छ।

लगभग तीन करोड बजेटमा निर्माण हुने चलचित्र भारतीय बजारमा पनि रिलिज गर्ने निर्देशक शर्माले बताए। चलचित्रमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्दैछन्।