मेरा खुसी मारिस “ए पैसा ” मर्म स्पर्शी गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मेरा खुसी मारिस “ए पैसा ” मर्म स्पर्शी गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र २५ 

सरकार नाटक गर्न व्यस्त छ सिनेमाको पर्दामा झैँ तर देशको राजनैतिक अस्थिरता,अर्थतन्त्रमा आएको दिन प्रतिदिनको गिरावट सामाजिक र संस्कृत पक्षमा आएका विकृत र विसंगतिको कारणले आज देशको लाखौँ युवा जनशक्त्ति विदेसिनु बाध्य मात्र हैन साहुको चर्को ब्याजसहित अरब, खाडी, तथा अन्य मुलुकमा गुलामी गर्न बाध्य भएका छ्न। सानै उमेरका बालबच्चा घर परिवारलाई छोडेर परदेशीन बाध्य हुनु को पहिल्लो कारण हुन्छ पैसा यस्तै कयौ नेपालीको यथार्थ वेदना र पिडा सँग जोडिएको गीत “ पैसा ” पछिल्लो समय निकै चर्चित बनेको छ ।

सर्जक दीपक कँडेल र जानकी कँडेलको शब्द सिर्जना रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन छुन सफल भएको छ । गीतको लय सिर्जना पछिल्लो समय निकै चर्चा कमाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनुले गरेका छन् भने गीतमा सोनु र जुना श्रीसको आवाज रहेको छ ।

गीतलाई जानकी कँडेलको प्रस्तुतिमा हमाल म्युजिक प्रा.लीले बजारमा लियर आयको छ भने उक्त गीतको भिडियोमा संचारकर्मी कृष्ण आचार्य र रिचा थापाको उत्कृष्ट अभिनय रहेको छ । प्रेम थापाको भिडियो निर्देशन , मनोज चौहन मगरको छायांकन र नवीन घर्ति मगरको सम्पादन रहेको छ ।