आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण रोकियो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण रोकियो



काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाले आज सोमबारदेखि दुई हप्ताको लागि पानी वितरण रोकिएको जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने भएको हो ।

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो ।