काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी सरर - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

काठमाडौंबासीका धारामा आजदेखि मेलम्चीको पानी सरर



काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ ।

उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।

सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। उनका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो।

प्रशोधित पानी विहीबार बेलुकी महांकालस्थित रिजर्भ ट्यांकीमा पठाइएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो। बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो।

सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ। पानी वितरणको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ।

उपत्यकाको आरुबारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जे लगायत स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ।

२०७८ असारको बाढीले क्षतिग्रस्त भएको मेलम्चीको हेडवक्र्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो।