बुटवलमा मेगा एजुकेशन फेयर शुरु, पहिलो दिन १५ सयद्वारा भ्रमण - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बुटवलमा मेगा एजुकेशन फेयर शुरु, पहिलो दिन १५ सयद्वारा भ्रमण



बुटवल । बुटवलमा मेगा एजुकेशन फेयर २०१८ शुरु भएको छ । वान अप प्रालिको आयोजनामा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै रुपन्देहीकोे बुटवलमा दोश्रो मेगा एजुकेशन फेयरको उद्घाटन गरीएको छ ।

कार्यक्रमको प्रकाश पाण्डे, रबिशंकर झा, बुद्विसागर अर्याल , बिशाल श्रेष्ठ र भोला पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उच्च शिक्षाका लागि देश बाहिर जान चाहने विद्यार्थीलाई सही परामर्श दिनका लागि एजुकेशन फेयर सञ्चालन गरिएको आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रबिशंकर झाले बताए ।

‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आइरहदा मुख्य रूपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौं हामी निशुल्क रुपमा सहि परामर्श प्रदान गछौं’ सिइओ झाले भने ।

वुटवलको सिद्धार्थ कटेजमा शुरु फेयरमा विद्यार्थीलाई एकै छानामुनि दर्जनौ शैक्षिक परामर्शदाता भेला गराई सही काउन्सेलिङ गरिएको छ ।
पहिलो दिन करिब १५ सय बिद्यार्थीले फेयरको अवलोकन गरेको वानअपले जनाएको छ ।

फेयरमा अस्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा, जापान, इण्डियाका लागि शैक्षिक जानकारी दिइएको वान अपका इभेन्ट म्यानेजर भोला पोखरेलले जानकारी दिए ।
फेयरमा कक्षा १२ को परीक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थी निशुल्क रुपमा सहभागी हुन भएका छन् ।

बिद्यार्थीलाई विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त २० भन्दा बढि काउन्सिलर र कन्सल्टेन्सीको सहभागिता छ ।


२० कन्सल्टेन्सी र तिनले प्रतिनिधित्व गरेका देश तथा बिदेशका कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
आयोजकले फेयरमा आउने विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको छ । साथै लक्कि ड्र मार्फत एक जनालाई ल्यापटप पुरस्कार दिने व्यवस्था गरिएको छ ।

वानअपले यसैबर्ष काठमाडौं,चितवनमा फेयर सम्पन्न गरिसकेको छ भने बुटवल पछि लगत्तै पोखरामा एजुकेशन फेयर गर्ने जनाएको छ ।

अष्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्स्फोर्ड कलेज प्रस्तुतकर्ता रहेको उक्त फेयरको टाइटल स्पोन्सर्समाग्लोवल रिच, इनएशोसिएशनमा बुमर्याङ इन्टरनेशनल रहेका छन् ।

फेयरको मेन स्पोन्सर्सहरुमा इम्पल्स इन्टरनेशनल, इप्लानेट, मेट्स इन्टनरनेशनल, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, अष्ट्रेलियन टेक्निकल कलेज, काठमाडौं इन्फोसिस,फोरनेशन इन्टरनेशनल,वाइडरेञ्ज इन्टरनेशनल, स्टडी वल्र्ड एजुकेशन कन्सल्टेन्सी, सेन्ट्रल कलेज, स्टडी एक्सप्रेस एजुकेशनल कस्नल्टेन्सी, फस्ट स्टेप एजुकेशनल कन्सल्टेन्सी, भाइ इन्ष्टिच्युट र अस स्टडीज, रहेका छन् ।

फेयर शनिबार सम्म चल्नेछ ।