एमसीसीविरुद्ध नेपाली टोलीको बिजोग, सन्दीपले बनाए धेरै रन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एमसीसीविरुद्ध नेपाली टोलीको बिजोग, सन्दीपले बनाए धेरै रन



काठमाडौं-काठमाडौंमा जारी तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटको पहिलो इनिङ्समा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । मेरिलोबन क्रिकेट क्लब(एमसीसी)विरुद्ध नेपालले यस्तो प्रदर्शन गरेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक नटआउट ३८ रन जोडेका छन् भने कप्तान ज्ञोनेन्द्र मल्लले खाता नै खोल्न सकेनन।

बिहीबार दोस्रो दिन पहिलो शत्रमा एमसीसीलाई ३६४ रनमा अलआउट पार्दै आफ्नो इनिङ्सको सुरुवात गरेको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १५३ रनमै सीमित भएको हो।

नेपालका लागि शरद भेषावकर ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ सेख १०, विनोद भण्डारी ३६ र पवन सर्राफ २ रनमा पवेलियन फर्किए। एमसीसीले लगत्तै ब्याटिङ थालेको छ।