एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी



फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्।

शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो।

लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ। खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन्।

लिगको शीर्ष २ बीचको महत्त्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो।

पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे।

गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३–० गोल अन्तरले नै हराएको छ।