'मायाकै खोजीमा' सालैजो गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

‘मायाकै खोजीमा’ सालैजो गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौँ – हामी नेपाली समय र परिस्थितिले गर्दा कोही कहाँ छौ कोही कहाँ तर जो जहाँ भय पनि हाम्रो नेपाली गीत सङ्गीत भने मन मै छ ।

ती मौलिक डाँडा पाखामा गुन्जिने भाका ती झ्याउरे ती सालैजो भाका सदैव अज्जर अमर रहनेछन ।

हामी कुरा गर्दै छौ भर्खरै सार्वजनिक भयको राजेश लाम्गादेको सालैजो गीत “मायाकै खोजीमाको ” निकै मिठा गीत सृजना गर्ने सर्जक अम्मर सुनार सङ्गीतको लय शब्दमा चर्चित गायिका शर्मिला गुरुङ र राजेश लाम्गदेको सुमधुर स्वरमा तयार पारीयको गीत लाई हिम सम्झौता डिजिटलले यो गीतको बजार व्यवस्थापन छ ।

एउटा गाउँमा हुर्कियको प्रेम जब प्रेमिका गाउँ बाट सहर जाञ्छिन प्रेमी गाउँमा एक्लै पर्छन धेरै समय सम्म भेट नभएपछि प्रेमी आफै मायालाई भेटाउने आशामा मायाकै खोजीमा सहर पस्छन पहिलो पटक सहर आएको केही नजानेको केही नभुझेको कुरा यो गीतको कथा बस्तु हो यो गीतलाई काठमाडौँ को उत्तर्बहिनीमा छायाङ्कन गरियको हो

एस्लाई छायाङ्कन करण चैसिर , सम्पादन अमर शाक्य र निर्देशन एकिन्द्र सारा शंकरले गर्नुभयको हो , गीतमा  मोडेल ध्रुव हिमाली र करिश्मा ढकाल अभिनय देख्न पाइने छ  ।