ग्याङ्गस्टारको जीवनमा आधारित पप गीत ‘माया गर्ने छु ’को म्युजिक भिडियो सार्वजनिक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ग्याङ्गस्टारको जीवनमा आधारित पप गीत ‘माया गर्ने छु ’को म्युजिक भिडियो सार्वजनिक



काठमाडौ । गायक तथा संगीतकार बिक्रम बानियाँको स्वरमा सजिएको पप गीत ‘माया गर्नेे छु’ को अफिसियल म्युजिक भिडियो शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

पछिल्लो समय निकै व्यस्त निर्देशक रणधिर श्रेष्ठको निर्देशन तथा सम्पादनमा निर्माण भएको यस गीतमा कलाकारहरु सुदिप प्रसाईं, एन्जल भण्डारी र सुमन सुबेदीले राम्रो अभिनय देखाएका छन ।

पृथक प्रेम कथाबस्तुलाई भिडियोमा कैद गरेका निर्देशक श्रेष्ठ गीतले चर्चा बटुल्नेमा विश्वस्त भएको बताउछन । गीतमा छायांकन अचित श्रेष्ठको रहेको छभने ड्रोन अपरेट अनिल कटुवाले गरेका हुन । ए रास प्रोडक्सनको पोष्ट प्रोडक्सन रहेको यस गीतको यो पहिलो भाग होभने अर्को भाग आउन बाकी छ ।

ग्याङस्टारहरुको जीवनमा आधारित बनेको यस म्युजिक भिडियोले ग्याङस्टारको जीवन बारे चर्चा गरेको छ । छोटो कथाबस्तुमा समेटिएको यस गीतको कथाले ग्याङस्टार बन्नु पारिवारिक जीवनका लागि कति चुनौतीपूर्ण छ । भन्ने सन्देश समेत दिएको छ । ग्याङस्टार केटाको प्रेमिकाले यस्तो पेशा छोड्न धेरै आग्रह गरेकाले ग्याङबाट अलग्गिएका उनलाई आफ्नै समुहले हत्या गरिदिन्छन । डनको भुमिकामा कलाकार सुमन सुबेदी देखिएका छन ।

गीतको यो पहिलो भागमा सस्पेन्स स्टोरी छोडिएको छभने अगाडी भागमा कथालाई पुर्णता दिइने निर्देशक श्रेष्ठले जानकारी गराए ।

भिडियो हेर्नुहोस :