माओवादिका पूर्व केन्द्रिय सदस्य रंगनाथ ढकालद्धारा पार्टी परित्याग - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

माओवादिका पूर्व केन्द्रिय सदस्य रंगनाथ ढकालद्धारा पार्टी परित्याग



रमित पाण्डे / कैलाली ।
नेपाल कम्युनिष्ट पार्टिका नेता तथा नेकपा माओवादिका पूर्व केन्द्रिय सदस्य रंगनाथ ढकालले आज देखि पार्टि परित्याग गरेको घोषणा गर्नु भएको छ ।

आफ्नो जिवनको महत्वपुर्ण सम्पुर्ण समय कम्युनिष्ट आन्दोलनका साथै तत्कालिन माओबादीले शुरु गरेको १० बर्षिय जनयुद्धकालमा विताएको स्मरण गर्दै उहॉले नेकपा कम्युनिष्ट पार्टि नरहेको भन्दै पार्टि बाट आफु साधारण सदस्य समेत नरहने गरी पार्टि परित्याग गरेको पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो ।

माओबादी पार्टि एमालेमा समाहित हुन गै कम्युनिष्टको नाममा दलालीकरण, भ्रष्टीकरणमा फसी कम्युनिष्ट चरित्रबाट च्युत भएको उहाको आरोप छ । आफु संग पटक पटक पार्टिले गरेका सहमति कार्यन्वयन नगरी बेमानी गरेका कारण आफुले पार्टि छोडेको बताउनु भयो ।

२०३८ साल देखि कम्युनिष्ट आन्दोलनमा लागेका ढकाल करीब आधा दर्जन भन्दा बढी पटक अहिले सम्म जेलमा परी सक्नु भएको छ । २०५२ साल फागुन १ गते देखि माओबादीले शुरु गरेको जनआन्दोलमा उहाले २०५२ साल माघ २९ गते बाट अछाम जिल्लाको विद्रोहको नेतृत्व सम्हाल्नु भएको थियो । जनआन्दोलनका क्रममा पनी उहा बिभिन्न ठाउबाट पक्राउ परि जेलनेल खानु भएको थियो भने विभिन्न विभागिय जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको थियो ।

साधारण सदस्यता नरहने गरि नेकपा पार्टी परित्याग गरेको बताउनु भएको छ । आज कैलालीको लम्कीमा पत्रकार सम्मेलन गरी उहाले सो कुराको जानकारी गराउनु भएको हो ।