मौसम गुरुङ भेटिए फेरि अर्कि सोल्टिनीसंग (हेर्नुस भिडियो) - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मौसम गुरुङ भेटिए फेरि अर्कि सोल्टिनीसंग (हेर्नुस भिडियो)



बैशाख ७ ,काठमाडौ

 

नेपाली लोकसांगीतिक क्षेत्रमा केही बर्ष अगाडी देखि सकृय देखिएका गायक मौसम गुरुङले छोटो समय मै आफ्नो छुट्टै पहिचान बनाउन र नेपाली सांगीतिक क्षेत्रमा अत्यधिक चर्चा कमाउन सफल भैसकेका छ्न् । विशेष त सेन्टिमेन्टल गीतबाट धेरै श्रोता दर्शकको मन जितेका गुरुङले पछिल्लो समय नेपाली मौलिक संस्कृति सालैजो भाका बाट पनि धेरैको मन जित्न सफल छ्न् ।

 

भर्खरै मात्रै उनै गायक मौसम गुरुङ र सबिता गुरुङ को आवाजमा रहेको नेपाली मौलिक सालैजो सोल्टिनी संग अडियो सार्बजनिक भएको छ । जसमा गायिका तथा सर्जक किस्ना आचार्य रोशनी को उत्कृष्ट शब्द सिर्जना रहेको छ भने वरिष्ठ गायिका शर्मिला गुरुङ को लय सिर्जना रहेको छ ।

सबिता गुरुङ को प्रस्तुतिमा रहेको सोल्टिनी संग सालैजोलाई सितल सिजन डिजिटल ले बजार ब्यबस्थापन गरेको छ भने गीतको भिडियो केही समय भित्र नै दर्शक माझ आउने गुरुङ ले जानकारी दिए ।

किस्ना आचार्य रोशनीको शब्द सिर्जनामा आवाज दिएका सालैजो भाका सोल्टिनी नानी,पुर्णेकी जुनजस्ती लाई पनि श्रोता दर्शक ले निकै रुचाउदिनु भएको थियो भने यो गीतलाई पनि उत्तिकै माया गर्ने मा म बिस्वस्त छु ।

यसलगत्तै किस्ना आचार्य कै सिर्जना मा सोल्टिनी नानी २ पनि आउने अन्तिम तयारीमा छ गुरुङले थपे ।