उम्मेदवार विजय जुलुसमा गएपछि भेटियो छुट्टै बाकसमा मतपत्र - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

उम्मेदवार विजय जुलुसमा गएपछि भेटियो छुट्टै बाकसमा मतपत्र



पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ ।

प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत गन्न थालिएको थियो । सो क्रममा १२ थान प्रत्यक्ष तर्फको मतपत्र भेटिएको पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।

सो मतपत्र समेत प्रत्यक्षमा गणना गरेको र अरु भेटिए पनि त्यसरी नै गणना गर्दै जाने उनले बताए ।

हालसम्म निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष तर्फको मतगणना सकेपनि आधिकारिक रुपमा घोषणा गरी प्रमाणपत्र नदिएको मुख्य अधिकृत दाहालले बताए ।

समानुपातिक तर्फको सबै मतपत्र गणना भएपछि मात्र विजेता घोषणा गरेर प्रमाणपत्र दिइने उनले बताए ।